२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आइपीओ जारी गर्ने अनुमति पाएको छ। बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
नेपाल धितोपत्र बोर्डले असार १९ गते बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डले ५८ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्ने भएको छ।
हाल कम्पनीमा संस्थापक समूहको २ अर्ब २४ करोड ४० लाख रुपैयाँबराबरको शेयर स्वामित्व रहेको छ भने जारी पुँजीको ७९.२९ प्रतिशत हो। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij