Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

अर्घाखाँचीमा दुई युवतीबीच विवाह, वडा कार्यालयमा दर्ता

अर्घाखाँचीमा दुई युवतीबीच विवाह, वडा कार्यालयमा दर्ता


  • 1.6K
    Shares

    अर्घाखाँचीमा दुई युवतीबीच विवाह, वडा कार्यालयमा दर्ता
    images
    रूपन्देही । अर्घाखाँचीमा दुई युवतीले बिहे गरेका छन् । विवाहपछि जोडीले ‘समलिंगी विवाह दर्ता’ गराएको छ ।
     
    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी फूलमाया (नाम परिवर्तन) र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी निरमाया (नाम परिवर्तन) ले यही २०८२ जेठ १८ गते विवाह गरेका थिए । अर्घाखाँचीको एक वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो । २३ वर्षीया फूलमाया र २० वर्षीया निरमाया आवश्यक कागजातसहित बिहे दर्ताका लागि कार्यालय आएको वडासचिवले बताए ।

    ‘सुरूमा अन्यौलताजस्तै भयो । सम्बन्धित ठाउँमा सोधपुछपछि विवाह दर्ताको प्रमाणपत्र दियौं’, ती सचिवले भने । विवाह दर्तामा अर्घाखाँचीकी फूलमायालाई ‘दुलहा’ र कपिलवस्तुकी निरमायालाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।

    पछिल्लो समय नेपालमा समलिंगी विवाहलाई मान्यता दिन थालिएसँगै यो क्रम बढेको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १८:५२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij