२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् ।
सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले यो जघन्य अपराध भएको बताउँदै सांसदहरूको महत्वलाई नै छेडखानी गर्ने कुरा राज्यविरुद्धको कसुर भएको जिकिर गरेका छन् ।
समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij