Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा

सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा


  • 967
    Shares

    सन नेपाल लाइफको नयाँ बोनसदर घोषणा

    काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । 

    कम्पनीको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । 

    कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म प्रति हजारका दरले बोनस दिने भएको छ ।

    त्यसैगरी, बाल समृद्ध जीवन बीमामा ३० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, सावधिक सुनौलो जीवन बीमामा ३० देखि ५२ रुपैयाँसम्म, भाग्योदय जीवन बीमामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म र सुनौलो बाल समृद्ध जीवन बीमामा पनि ३० देखि ५२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

    साथै, १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेख, धनञ्जय जीवन बीमालेख र नव धनलक्ष्मी जीवन बीमलेखमा २३ देखि २५ रुपैयाँसम्म, धनलक्ष्मी जीवन बीमालेख, नवीन आजीवन जीवन आजीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस कायम गरेको छ ।
     

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १०:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij