२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बुंगल हाइड्रोले नेपाल धितोपत्र बोर्डबाट आइपीओ जारी गर्ने अनुमति पाएको छ । बोर्डले असार १५ गते बुंगल हाइड्रोलाई आईपीओ जारी गर्न अनुमति दिएको हो।
कम्पनीले २९ करोड ५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ भने जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ५ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ।
हाल कम्पनीको संस्थापक समूहको ५३ करोड ९५ लाख रुपैयाँबराबरको लगानी रहेको छ। सर्वसाधारण आइपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ८३ करोड रुपैयाँ पुग्ने भएको छ।
आइपीओ बिक्रीपछि कम्पनीमा संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारणको ३५ प्रतिशत शेयर स्वामित्व कायम हुने भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबनधकमा हिमालयन क्यापिटल रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij