२०८२ कार्तिक ९ गते आइतवार
 
                                                    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। नबिल बैंकले असार १२ गते ऋणपत्र जारी गर्न अनुमति पाएको हो।
अब बैंकले ‘नबिल डिबेन्चर-२०८२’ नामक ऋणपत्र जारी गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने छ भने जसअनुसार बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने छ । बाँकी रहेको १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्ने छ।
बैंकको उक्त ऋणपत्र ८ वर्षे अवधिको रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन्। बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij