२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ९ लाख ९४ हजार ६२२ कित्ता शेयर बिक्रीमा राखिएको हो।
उक्त शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको छ।
इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन पेस गर्न सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij