Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

ट्रम्पले युद्धबिराम घोषणा गरेपछि इजरायलमाथि इरानी क्षेप्यास्त्र प्रहार: ३ जनाको मृत्यु

ट्रम्पले युद्धबिराम घोषणा गरेपछि इजरायलमाथि इरानी क्षेप्यास्त्र प्रहार: ३ जनाको मृत्यु


  • 1.4K
    Shares

    • images
    ट्रम्पले युद्धबिराम घोषणा गरेपछि इजरायलमाथि इरानी क्षेप्यास्त्र प्रहार: ३ जनाको मृत्यु

    काठमाडौं । इरानले इजरायलतर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।

    मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेका छन् । यहाँ केही नागरिक घाइते भएका बताइएको छ ।

    इजरायली सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको बताएपछि यो हमला भएको हो ।

    ट्रम्पले घोषणा गरेअनुसार इरान–इजरायलबीच युद्धविराममा सहमति भएको दाबी गरिए पनि अहिलेसम्म इजरायलले औपचारिक रूपमा यसको पुष्टि गरेको छैन। इरानले भने आफ्नो पक्षबाट युद्धविराम स्वीकारेको कुरा सरकारी टेलिभिजनमार्फत जनाएको छ।

    ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत घोषणा गरे अनुसार इरान र इजरायलबीच पूर्ण युद्धविराम लगभग ६ घण्टामा सुरु हुने बताए पनि इजरायलले अहिलेसम्म युद्धविराम स्वीकृत गरेको छैन । त्यसयता इजरायलको उत्तरतर्फ पनि फेरि साइरन बजिरहेको छ।

    इजरायलको अर्को सञ्चार संस्था आईएलटीभीले इजरायलको आपतकालीन सेवा निकायका प्रमुख एली बिनलाई उद्धृत गर्दै बेअरशेबामा इरानद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा गम्भीर क्षति पुगेका तीन भवनमा मानिसहरू फसेको आशंका व्यक्त गरेको छ।

    तीमध्ये एक भवनको चौथो तलामा रहेको सुरक्षित कोठाबाट कम्तीमा तीन जनालाई सकुशल उद्धार गरिएको छ। उक्त भवनमा क्षेप्यास्त्र सिधा प्रहार भएको बताइएको छ। यो उद्धार प्रयासका बीच इरानबाट थप क्षेप्यास्त्र प्रहारको चेतावनीहरू जारी भइरहेका छन्।

    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - १०:३०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij