Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भिजिट भिसा पैसा लिएर पठाइएको कुरा हो, मानव बेचबिखन भन्न मिल्दैन: कांग्रेस प्रमुख सचेतक

भिजिट भिसा पैसा लिएर पठाइएको कुरा हो, मानव बेचबिखन भन्न मिल्दैन: कांग्रेस प्रमुख सचेतक


  • 1.5K
    Shares

    • images
    भिजिट भिसा पैसा लिएर पठाइएको कुरा हो, मानव बेचबिखन भन्न मिल्दैन: कांग्रेस प्रमुख सचेतक

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणबारे आपत्तिजनक टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जान चाहनेलाई पैसा लिए पठाएको विषयलाई मानव बेचबिखन भन्न नमिल्ने दाबी गरेका हुन्।  

    ‘यो पैसा लिएर पठाउने कुरा भएको हो। जान चाहनेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो,' उनले भने, 'तर, तपाईंलाई लगेर मैले कहीँ बेचेँ, पैसा लिएर तपाईंलाई कहीँ पुर्‍याएर लाभ लिएँ भने पो मानव बेचबिखन हुन्छ त। जेलाई पनि मानव बेचबिखन भनिदिने?’
     
    उनले रास्वपाका सांसदले गृहमन्त्रीले मान्छे बेच्यो भनेर बेअर्थका कुरा गरिरहेको पनि बताए। अनुसन्धानमै रहेको, मुद्दा अभियोजनसमेत नभएकोले दोषी भन्न नमिल्ने उनको भनाइ थियो। 

    ‘गृहमन्त्रीले मान्छे बेच्यो भनेर यस्ता बेतुकका कुरा गर्नु बेअर्थ छ,' उनले भने, 'यो कुरामा उहाँहरू फस्नुभयो। उहाँहरूले अनावश्यक माग राखेर वेल घेराउसम्म पुग्नुभयो। पुगेपछि उहाँहरूलाई पनि अडानबाट फिर्ता हुन गाह्रो भएको होला।’

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएकाले उनीमाथि छानबिनको माग राख्दै जेठ १३ यता सदनमा रास्वपाले अवरोध गर्दै आइरहेको छ।  

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - २०:१२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij