Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कैलालीमा कैदीको मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ

कैलालीमा कैदीको मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ


  • 2.1K
    Shares

    • images
    कैलालीमा कैदीको मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ

    काठमाडौं । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। 

    घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई नियन्त्रणमा लिइएको डीएसपी राजकुमार सिंहले जानकारी दिए। 

    नाथलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको कैलाली कारागारमा मृत्यु भएको थियो। 

    मृतककी श्रीमती जानकी साउँदले सई नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै किटानी जाहेरी दिएकी छन्। किटानी जाहेरीको आधारमा सईलाई पक्राउ गरिएको हो। सई नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन्। 

    नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो। फरार रहेका उनलाई २९ जेठमा डडेल्धुराबाट पक्राउ गरेर  कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते बिदा परेका कारण असार १ गते मात्र अदालत पेश गरिएको थियो। 

    अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो।  अर्को राति कारागारको बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो। उनको शरीरमा घाउ, निलडाम भएकोले घटनालाई शंकास्पद भन्दै पीडित परिवारले छानविनको माग गर्दै आएको थियो।

    आरोपी सई पक्राउ परेसँगै पीडित परिवार शव बुझ्न तयार भएको छ। सेती प्रादेशिक अस्पतालमा शव परीक्षण पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। घटनको अनुसन्धानको माग गर्दै बुधबार डडेल्धुरामा आन्दोलन समेत भएको थियो।

    चौतर्फी दबाबपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले पनि घटनको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्य छानबिन समिति बनाएको छ।

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - १४:४९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij