Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी आन्दोलनमा सहभागी भएको आरोप लागेका धवल शमशेर अदालतमा उपस्थित

राजावादी आन्दोलनमा सहभागी भएको आरोप लागेका धवल शमशेर अदालतमा उपस्थित


  • 1.7K
    Shares

    • images
    राजावादी आन्दोलनमा सहभागी भएको आरोप लागेका धवल शमशेर अदालतमा उपस्थित


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा अदालतमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् । 

    २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ । 

    यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका जबरा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए । 

    २०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको थियो ।

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - ०९:१९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij