Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हेवा खोलामा बेलिब्रिज भाँचिदा ६ मजदुर घाइते, ४ जनाको अवस्था गम्भीर

हेवा खोलामा बेलिब्रिज भाँचिदा ६ मजदुर घाइते, ४ जनाको अवस्था गम्भीर


  • 2.5K
    Shares

    • images
    हेवा खोलामा बेलिब्रिज भाँचिदा ६ मजदुर घाइते, ४ जनाको अवस्था गम्भीर

    मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ जना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जना कामदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा शनिबार साँझ भाँचिएर खोलामा झरेको हो। 

    करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छजना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए। 

    उनका अनुसार दुर्घटनामा बारा सिमरा उपमहानगरपालिका १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी र २५ वर्षीय भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन् भने ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन्। 

    घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले जानकारी दिए। लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयवासीले बताएका छन्। 

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - ०५:२८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij