Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

नेपाल राष्ट्र बैङ्कले गर्‍यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

नेपाल राष्ट्र बैङ्कले गर्‍यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन


  • 1.4K
    Shares

    नेपाल राष्ट्र बैङ्कले गर्‍यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सुधार सुझाव उपसमिति गठन गरेको छ । बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधानमा सघाउनको लागि समिति गठन गरिएको बैंकले जानकारी दिएको छ ।  

    बैंकिङ क्षेत्रको समग्र सुधार सुदृढीकरणका लागि सुझाव दिन ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ।

    रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल सदस्य रहेका छन् ।

    गत साता बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको स्रोतले बताएको छ । 

    ‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’ नाम दिइएको उपसमितिलाई सुझावसहितको प्रतिवेदन दिने पेस गर्न समयावधि दिइएको छ । 

    उपसमितिले समग्र बैकिङ क्षेत्रको समस्या समाधानका लागि सुझाव दिने बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १५:२४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij