Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

वाणिज्य बैंकहरुको नाफा झन्डै पौने ४८ अर्बमाथि, अग्रस्थानमा नबिल बैंक

वाणिज्य बैंकहरुको नाफा झन्डै पौने ४८ अर्बमाथि, अग्रस्थानमा नबिल बैंक


  • 1.0K
    Shares

    वाणिज्य बैंकहरुको नाफा झन्डै पौने ४८ अर्बमाथि,  अग्रस्थानमा नबिल बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनासम्म वाणिज्य बैंकहरुले पौने ४८ अर्ब रुपैयाँ माथि नाफा कमाउन सफल भएका छन्।

    १० महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् भने अघिल्लो सोहीअवधिसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। 

    १० वटा बैंकको नाफा बढेको छ भने १० वटाकै घटेको छ भने सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। नाफा वृद्धिको हिसाबले नेपाल बैंक अगाडि रहेको छ।

    चालु वर्षको वैशाखसम्म नबिलले ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २.५९ प्रतिशतले बढेको छ। त्यसैगरी ग्लोबल आइएमई बैंकले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २९.८९ प्रतिशतले बढेको छ।

    एनआइएमबिले पनि ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ३३.१४ प्रतिशत धेरै हो । 

    यस्तै, माछापुच्छ्रे बैंकको नाफा पनि १८.७४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३५ लाख, लक्ष्मी सनराइजको १०.२० प्रतिशत, सानिमाको ७.१० प्रतिशत १ अर्ब ८७ करोड ५ लाख, एनएमबि ५.५६ प्रतिशत बढेर २ अर्ब ६२ करोड ५४ लाख र सिद्धार्थ बैंकको नाफा १.६९ प्रतिशत बढेर २ अर्ब १ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।

    यसैगरी चालु आर्थिक वर्षको वैशाखनसम्म एनआइसी एशियासहित १० वटा बैंकको नाफा घटेको छ । समिक्षा अवधिमा एनआइसी एशिया बैंकको नाफा ७७.८७ प्रतिशत घटेर ४७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । हिमालयन बैंकको नाफा पनि ६९.३४ प्रतिशत घटेर ६८ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।

     स्ट्याण्डर्ड चार्टर्डको ११.९८ प्रतिशत घटेर २ अर्ब ३४ करोड ६४ लाख,  प्राइम बैंकको नाफा पनि १९.८५ प्रतिशत घटेर २ अर्ब ५८ करोड ५५ लाख र नेपाल एसबिआईको २.८७ प्रतिशत घटेर १ अर्ब ३८ करोड २० लाख रुपैयाँ कायम भएको छ ।

     कृषि विकास बैंकको ३५.७३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३०.९३ प्रतिशत,कुमारी बैंकको नाफा ६६.२८ प्रतिशत,  सिटिजनको २१.४० प्रतिशत र प्रभूको २०.९० प्रतिशत घटेको छ । समिक्षा अवधिमा यी बैंकहरुले क्रमशः ४८ करोड १९ लाख, १ अर्ब ७३ करोड ३८ लाख, १ अर्ब ७७ करोड ४ लाख, १ अर्ब १८ करोड १५ लाख र २ अर्ब १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १०:१३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij