Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आरसीबीको जीतको उत्सव शोकमा परिणत, भागदौडमा ११ जनाको मृत्यु, सेलिब्रेटीद्वारा समवेदना प्रकट

आरसीबीको जीतको उत्सव शोकमा परिणत, भागदौडमा ११ जनाको मृत्यु, सेलिब्रेटीद्वारा समवेदना प्रकट


  • 2.1K
    Shares

    आरसीबीको जीतको उत्सव  शोकमा परिणत, भागदौडमा ११ जनाको मृत्यु, सेलिब्रेटीद्वारा समवेदना प्रकट

    काठमाडौं । बेंगलुरुमा मंगलवार साँझ भएको एक भागदौडको घटनाले भारतसहित सम्पूर्ण क्षेत्रलाई स्तव्ध बनाएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीको जीतको उत्सव मनाउने क्रममा चिन्नास्वामी क्रिकेट स्टेडियम नजिकै ठूलो भिड भएको थियो । त्यसै भिडमा भागदौड मच्चिएर ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । १३ जना गम्भीर घाइते भएका छन् ।

    पहिलो पटक इन्डियन प्रिमियर लिगको उपाधि जितेर घरेलु सहर बेंगलुरू पुगेको रोयल च्यालेन्जर्स बैंगलोर टोलीलाई स्वागतका लागि जम्मा भएका करिब ३ लाख समर्थकबीच भागदौड हुँदा ११ जनाको ज्यान गएको छ । 

    बेंगलुरुमा आरसीबीको विजय परेडका क्रममा बुधबार बेलुकी चिन्नास्वामी स्टेडियम बाहिर भएको भगदडौडमा उनीहरूको ज्यान गएको हो। भारत र कर्नाटक सरकारले यो घटनालाई अत्यन्तै दुःखद भनेको छ । उक्त भगदौडमा एक व्यक्तिले आफ्नो एक्लो छोरोलाई गुमाएका छन्।

    आरसीबीको विजय परेडका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भगदौड हृदयविदारक रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

    भीड अनुमानभन्दा धेरै भएका कारण सुरक्षा व्यवस्था असफल भएको हो । ११ जना आरसीबी समर्थकहरूको ज्यान जाँदा ४७ जना गम्भीर घाइते भए ।

    ज्यान गुमाउने सबैको उमेर ४० वर्षभन्दा कम छ । सबैभन्दा सानी मृतक १३ वर्षकी थिइन्। मृतकमध्ये तीनजना किशोर-किशोरी थिए भने ६ जना २०–३० वर्ष समूहका थिए।

    यो घटनाले धेरै घरको उज्यालो निभेको छ। धेरैजसो मानिसहरू आफ्ना साथीसँग आरसीबीको जितको उत्सव मनाउन पुगेका थिए। उनीहरूका लागि वास्तवमै यो विशेष मौका थियो । आरसीबीले १८ वर्षपछि पहिलो पटक आईपीएल ट्रफी जितेको उत्सव अहिले शोकमा परिणत भएको छ ।

    ११ जना मृतक

    दिव्यांशी – उमेर १३ वर्ष

    दोरेशा – उमेर ३२ वर्ष

    भूमिक – उमेर २० वर्ष

    सहाना – उमेर २५ वर्ष

    अक्षता – उमेर २७ वर्ष

    मनोज – उमेर ३३ वर्ष

    श्रवण – उमेर २० वर्ष

    देवी – उमेर २९ वर्ष

    शिवलिंग – उमेर १७ वर्ष

    चिन्मयी – उमेर १९ वर्ष

    प्रज्वल – उमेर २० वर्ष

    आरसीबीको जितको उत्सव हर्षोल्लासका साथ सुरू भए पनि थेगिनसक्नु भिडका कारण सुरक्षा व्यवस्था असफल भयो । समाचार अनुसार स्टेडियमको गेट–७ नजिक निःशुल्क टिकट वितरण हुने अफवाह फैलिएपछि भागदौड मच्चिएको थियो ।

    बेंगलुरुमा आरसीबीको विजय परेडका क्रममा भएको भगदडौमा धेरैले प्रियजन गुमाएका छन्। एक पिताले एक्लो छोरोलाई गुमाएपछि शोकमा डुबेका छन् । उनले अधिकारीहरूसँग छोराको शव बिनापोस्टमार्टम दिन भनेका छन् ।

    ‘कम्तीमा उसको लास त देऊ, पोस्टमार्टम नगर। उसको शरीरलाई नटुक्र्याउ न’, उनले भने । छोरो उनलाई थाहा नदिई स्टेडियम क्षेत्रमा पुगेका थिए । उनले अब मुख्यमन्त्री र उपमुख्यमन्त्री भेट्न आए पनि छोरो फर्केर नआउने भन्दै बिलौना गरेका छन् ।

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १४:३३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij