२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर सम्पर्कविहीन भएका छन् ।
जिम्मा जमानीमा लिने मिश्रका कानुन व्यवसायीहरू वसन्त ब्लोन र श्यामबहादुर शाही तथा शमशेरका स्वकीय सचिव उमेश विष्टलाई जनही २५ हजार रुपैयाँ जरिवाना तिराउने प्रहरीले निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी अपिल बोहराले बताएका छन् ।
तीनकुने घटनामा संलग्न भएका दुर्गा प्रसाईँसहित ५० जनाको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij