२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभाको आज बैठक अहिलेसम्म पनि बस्न सकिरहेको छैन । आज दिउँसो १ बजे बस्नेगरी कार्यसूची तयार भए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।
सभामुखले राखेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूको बैठक निष्कर्षहीन भएपछि आजको संसद् बैठक पनि अनिश्चित बनेको हो ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन् । सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij