Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

यी कुरामा ध्यान नदिने हो भने लोकसेवा तयारी गर्नुको कुनै अर्थै हुँदैन, यस्ता छन् जान्नै पर्ने कुरा  

यी कुरामा ध्यान नदिने हो भने लोकसेवा तयारी गर्नुको कुनै अर्थै हुँदैन, यस्ता छन् जान्नै पर्ने कुरा  


  • 62.1K
    Shares

    यी कुरामा ध्यान नदिने हो भने लोकसेवा तयारी गर्नुको कुनै अर्थै हुँदैन, यस्ता छन् जान्नै पर्ने कुरा  
    images

    लोक सेवाको तयारी गर्दा धेरै कुरा ध्यान दिनु पर्दैन । तर जे कुरामा ध्यान दिनुपर्ने हो, ती कुरालाई चाँही धेरै गम्भिर रुपमा ध्यान दिनुपर्छ । अहिले बजारमा धेरै पढ्ने, आत्तिएर पढ्ने, भेटेजति सबै पढ्ने भन्ने अन्यौल हुने गरेको छ ।

    यस्तो पढाइले विद्यार्थीलाई सफलता दिदैन । परिक्षाको तयारी गर्नुपूर्व विद्यार्थीले म कुन सेवा समूहमा परिक्षा दिदैछु भन्ने स्पष्ट हुनुपर्छ ।

    त्यसपछि लोकसेवा आयोगले प्रकाशन गरेको सेलेवस लिनुपर्छ र त्यसलाई राम्रोसँग अध्ययन गरेर त्यस अनुसारको सन्दर्भ पुस्तकहरु कलेक्सन गर्नुपर्छ ।

    लोकसेवालाई लक्षित गरेर बजारमा धेरै खालका किताव, गाइडहरु निस्किएका हुन्छन्, त्यो किताबबाट टाढा रहेर पढ्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

    लोकसेवा आयोगको अधिकृतका तयारीमा रहेको व्यक्तिले पढ्नुपर्ने विषयहरु :

    – नेपालको संविधान पढ्नुपर्छ । संविधानका निर्देशक सिद्धान्तहरु, संविधानले राज्यलाई दिएको निर्देशन, मौलिक हक, संबैधानिक निकायहरु, राज्यको आर्थिक कार्यप्रणाली लगायत कुराहरुलाई एकदमै क्रिटिकल भएर अध्ययन गर्नुपर्छ । शब्दले के भन्न खोजेको छ, व्यवहारमा के छ भन्ने कुराहरु उसले पढ्नुपर्छ ।

    – आवधिक योजना अर्थात अहिलेका लागि १४ औँ योजनालाई निकै महेनत गरेर पढ्नुपर्छ ।

    – निजामति सेवा ऐन । निजामति सेवा ऐनले समग्र निजामति प्रशासनलाई दिशानिर्देश गर्ने भएकाले उक्त ऐन, नियमावलीहरुलाई मशिनो गरि पढ्नुपर्छ ।

    – त्यसपछि चालु बर्षको बजेट, नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणका तथ्यांकहरु गहन रुपमा अध्ययन गर्नुपर्छ । यससँगै नेपालको दिगो विकासको लक्ष्यलाई पनि राम्रोसँग पढ्नुपर्छ ।

    – उल्लेखित विषयहरु पढ्दा हल्का रुपमा नभए हरेक शब्दको आशय र व्यवहारमा के भइरहेको छ भन्ने कुरा ख्याल गर्ने गरि पढ्नुपर्छ ।

    – त्यसपछि पाठ्यक्रममा भए अनुसारको विषयवस्तुको सन्दर्भ सामाग्री कलेक्सन गर्नुपर्छ ।

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १३:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij