Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गभर्नर बन्न नपाएका भट्टलाई पौडेलले दिए गभर्नर कार्यालयको कार्यकारी निर्देशकको जिम्मेवारी

गभर्नर बन्न नपाएका भट्टलाई पौडेलले दिए गभर्नर कार्यालयको कार्यकारी निर्देशकको जिम्मेवारी


  • 9.0K
    Shares

    गभर्नर बन्न नपाएका भट्टलाई पौडेलले दिए गभर्नर कार्यालयको कार्यकारी निर्देशकको जिम्मेवारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वराज पौडेलले डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानेका छन् । भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नर कार्यालयमा तानिएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए ।

    भट्टले गभर्नर बन्न कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत नभएपछि छनोट प्रक्रिया नै गिजोलिएको थियो । पछि गभर्नर छनोट समितिमा रहेका पौडेल राजीनामा दिएर गभर्नर बनेका थिए ।

    यसअघि, गभर्नर कार्यालयको कार्यकारी निर्देशकमा डा. प्रकाशकुमार श्रेष्ठ थिए । उनको कार्यकाल शनिबार (जेठ १०) गते सकिएको छ ।

    भट्टलाई गभर्नर कार्यालय तानेपछि आर्थिक अनुसन्धान विभाग प्रमुखमा डा. रामशरण खरेललाई पठाइएको छ । खरेल हाल मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए ।

    त्यस्तै, बैंकिङ विभागको कार्याकारी निर्देशक विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।

    गभर्नर पौडेलले सचिवालयमा शरण अधिकारीलाई ल्याएका छन् । उनलाई बोर्ड सचिवको जिम्मेवारी दिइएको छ ।

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - १५:५२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij