Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१० महिनाको अवधिमा ३५ अर्ब ५३ करोडको धान चामल आयात

१० महिनाको अवधिमा ३५ अर्ब ५३ करोडको धान चामल आयात


  • 1.5K
    Shares

    १० महिनाको अवधिमा ३५ अर्ब ५३ करोडको धान चामल आयात

    काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म ३५ अर्ब ५३ करोड रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।

    २०८१ साउनदेखि २०८२ वैशाख मसान्तसम्म ३५ अर्ब ५३  करोड ८० लाख १२ हजार रुपैयाँको ६९८९०५.९८ मेट्रिक टन धान चामल आयात भएको भन्सार विभागले जानकारी दिएको छ । 

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो १०  महिनाको सो परिमाणममा धान चामल आयात हुँदा ३ अर्ब२२ करोड २३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने कुल आयात भएको धान चामलमध्ये ८१ करोड ८२ लाख ९३ हजार रुपैयाँको १८५०.७९ मेट्रिक टन धानको बीउ आयात भएको छ ।

    त्यसैगरी १८ अर्ब  ९५ करोड ५२ लाख ४ हजार रुपैयाँको ४९५१३८.६१  मेट्रिक टन धान आयात भएको छ । 

    साथै,  ६ अर्ब  ५४ करोड १५ लाख ६७ हजार रुपैयाँको ५९६३४.१९ मेट्रिक टन बासमती चामल, ८ अर्ब ९९ करोड ३९ लाख २९ हजार रुपैयाँको १३६७४४.६८ मेट्रिक टन अन्य चामल, २२ करोड ८२ लाख ८४ हजार रुपैयाँको ५५३३.३४ मेट्रिक टन कनिका र ७ लाख  ३६ हजार रुपैयाँको ४.३५मेट्रिक टन ब्राउन चामल आयात भएको विभागले जानकारी दिएको छ । 

    images
    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ११:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij