Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सांसद चढेको गाडीलाई डीएसपी सवार गाडीले ठक्कर दिएको पुष्टि

सांसद चढेको गाडीलाई डीएसपी सवार गाडीले ठक्कर दिएको पुष्टि


  • 2.5K
    Shares

    • images
    सांसद चढेको गाडीलाई डीएसपी सवार गाडीले ठक्कर दिएको पुष्टि

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई ठक्क दिएको पुष्टि भएको छ । 

    सांसदहरु सवार गाडीलाई ठक्कर दिने कारको चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको पुष्टि भएको हो । 

    सांसदहरु कोशी प्रदेशसभाको आजको बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका थिए । विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीलाई ठक्कर दिएको छ । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेका थिए ।

    दुर्घटनामा मानवीय क्षति भने भएको छैन । सांसद मैया श्रेष्ठले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइन् ।  उनले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ ।’

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १५:३८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij