Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, पाँच करोड ७९ लाख बिगो दाबी

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, पाँच करोड ७९ लाख बिगो दाबी


  • 1.4K
    Shares

    • images
    सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर,  पाँच करोड ७९ लाख बिगो दाबी

    काठमाडौं ।  राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  उक्त मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पोखरेल समेत पाँच जना र एक कम्पनीलाई पनि प्रतिवादी बनाइएको हो ।  

    आर्थिक वर्ष ०७५र७६ मा केन्द्रबाट विभिन्न उपकरण खरिदमा पाँच करोड ७९ लाख बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर गरेको छ ।

    अनुसन्धानका क्रममा राष्ट्रिय सूचना प्रविधि केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमान तयार गरी पेश भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले सन् २०७६ असार ४ मा उक्त केन्द्रमा पेश गरेको भ्याट बाहेक २ करोड ६५ लाख र अर्को शिर्षकमा भ्याट बाहेक ३ करोड १४ लाख रकम म्याक्स इन्टरनेशनललाई भुक्तानी भएको देखिएको छ ।

     

     

     

     

     

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १३:३१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij