Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज आइतवार, २०८२ जेठ ४ गतेको राशिफल

आज आइतवार, २०८२ जेठ ४ गतेको राशिफल


  • 3.5K
    Shares

    आज आइतवार, २०८२ जेठ ४ गतेको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ ।


    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ ।  साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन आजको दिन मीन राशिका जातकको लागि सुखद रहेको छ ।


    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरुले अगाडी बढ्न नदिन सक्दछन सचेत भएर कामकारवाही अगाडी बढाउनुहोला ।


    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद्भावना बढ्नेछ । पारिवारिक रमझमले मन नै प्रफुल्लित हुनेछ । 


    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    अनावश्यक वादविवादमा फसिन सकिनेछ । झुटा आरोपहरु पनि लाग्न सक्दछन । यात्रा गर्दा सम्यम अपनाएर यात्रा गर्नुहोला । सानोतिनो चोटपटकको भय पनि रहेको छ । 


    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    नम्र व्यवहारकै कारण समाजमा प्रतिष्ठित भइनेछ । धार्मिक यात्राको अवसर जुट्दा रमाइलो महसुस होला । भाग्यमा बृद्दी हुनेछ ।। अचानक रुपमा धन प्राप्त होला । शुभ समाचार सुन्न पाइनेछ ।


    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    गरेका कामहरुको चौतर्फि तारिफ हुने देखिन्छ । प्रमोसन आदि कुराहरु आजका दिन हुन सक्नेछन । बुवासङ्गको सम्बन्धमा बढोत्तरी हुनेछ । सरकार बाट मानसम्मन पाइने समय रहेको छ । 


    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    आय आर्जनमा बृद्दि हुनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन । व्यापार व्यवसायमा बृद्दी हुनेछ । पदोन्नति हुने समय पनि रहेको छ । मन प्रशन्न रहदा वरिपरिको माहोलमा पनि खुसी भएर बस्न सकिनेछ ।


    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    अनावश्यक झगडामा परिनेछ ।  आर्थिक क्षति हुन सक्दछ । भौतिक श्रोत साधनबाट सोचेअनुरुप सफलता नपाइन सद्छन । सवारीसाधनले धोका दिन सक्दछ । सचेत रहनुहोला ।
    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    मन प्रशन्न रहनेछ आज शारीरिक स्फुर्ती बढ्दा मनमा कान्ति छाउनेछ । आज मनोरन्जनका क्षेत्रमा समय व्यतिक गर्न पाइनेछ । साथिभाइ सङ्गको जमघटले गर्दा हर्षोल्लासपुर्ण तवरबाट दिन व्यतित हुनेछ ।


    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    वाणिमा सरस्वती माताले बास गर्दा आजको दिन बोलिकै कारणले महत्वपूर्ण कामहरु बन्नेछन । स्वादिष्ट भोजनको आनद लिन पाउनुहुनेछ । कला सङ्गीत र साहित्य क्षेत्रमा रुचि बढ्नेछ ।


    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - ०१:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij