२०८२ भाद्र १ गते आइतवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ ।
आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ । लुकेका छुपेका गुप्त ज्ञानमा रुचि रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पतिपत्नी एबम प्रेमी प्रेमिकाको सम्बन्धमा सुधार आउनेछ । कतै लामो दुरिको यात्रा पनि हुन सक्नेछ । भुमी एबम कृषि सम्बन्धि कार्यले दिगो रुपमा फाइदा पुर्याउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शत्रुहरु हावि भएतापनि आफ्नो पराक्रम बढेका कारण शत्रुहरुले केही गर्न सक्ने छैनन । सामान्य स्वास्थ सम्बन्धी समस्या देखा पर्न सक्दछ । आजको दिन आर्थिक संकटले दुख दिन सक्दछ । आजको दिन कारोवार कमै मात्र गर्नुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सन्तान प्राप्तिको योग रहेको छ । सन्तान एबम सन्तती प्रती गरिने माय प्रेम स्नेहमा बृद्दी हुनेछ । आजको दिन शैक्षिक पक्ष पनि मजबुत रहनेछ । समग्र रुपमा आजको दिन अत्यन्तै शुभ रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आजको दिन त्यति उत्कृष्ट भने छैन । मन अशान्त रहन सक्दछ । सामान्य रोगव्याधिले छुन सक्ला सावधान भने रहनुहोला । सोचेअनुरुपका काम हरु आज सहजै रुपमा बन्ने भने देखिदैन । आजको दिन राम्रो एबम नराम्रो मिश्रित फल रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पैतृक सम्पत्ति प्रती माया मोह जाग्नेछ । पारिवारिक जमघटमा दिन बित्नेछ । बर्षौ बर्षदेखी रोकिएका कामहरु आज बन्नेछन । मुद्दामामिला सुल्झनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वाणिको प्रभावले सबैलाई चकित पारिनेछ । वक्तृत्व क्षमतामा अचानक बृद्दी हुनेछ । आज आम्दानी बढेर जानेछ । मिष्ठान्न भोजनको पनि स्वाद लिन पाइनेछ । अढ्किएका समस्त बहुमुल्य अलङ्कारहरुको पुन: फिर्ती हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रोगव्याध हटेर जानेछ । मन प्रशन्न रहला । मनले चिताएको पुग्दा अत्यन्तै हर्षित भइनेछ । खेलकुद एबम मनोरंजनमा रुचि बढ्नेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अनावश्यक झैझमेलामा फस्न सकिनेछ।। खर्च बढ्दा आर्थिक समस्याको जालोमा फस्न सकिनेछ सचेत भएर आजको काम अगाडी बढाउनुहोला।। लेनदेनको कारोबार आज नगरेकै बेश हुन्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
गरेका कामहरुको प्रसम्सा हुदा मनमा अत्याधिक हर्ष बढ्नेछ । पदोन्नतिको योग पनि रहेकाले आफुले गरिरहेको कार्यमा निष्ठापुर्वक लाग्नु नै अत्यनै राम्रो हुनेछ ।। कर्म गरेकै आधारमा सम्मानित भइनेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij