Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

 नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

 नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने


  • 1.1K
    Shares

     नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

    बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ ।

    जारी गरेको सूचना अनुसार कुल रकम मध्ये ८ करोड ६४ लाख रुपैयाँ ‘क’ वर्गको वाणिज्य बैंकहरुको लागि छुटाइएको छ भने ‘ख’ वर्गको विकास बैंकहरुको लागि १ करोड ६२ लाख रुपैयाँ र ‘ग’ वर्गको वित्तीय संस्थाहरुको लागि ५४ लाख रुपैयाँ छुटाइएको छ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले जेठ ३ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्ममा अनलाइन आवेदन दिन सक्ने छन् ।

     

     

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - ११:०८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij