२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । चालु आर्थिक वर्षको जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्वजनिक वत्तिय विवरण अनुसार जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८८ करोड रुपैयाँ बढी नाफा कमाउन सफल भएका छ ।
हाल सञ्चालनमा रहेका १४ वटा बीमा कम्पनीले सार्वजनिक गरेका दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीहरुले कुल ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए भने। अघिल्लो वर्षको तुलनामा बीमा कम्पनीहरुको नाफा ११.९३ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ वटा जीवन बीमा कम्पनीको नाफा बढेको छ र २ वटाको घटेको छ। तेस्रो त्रैमाससम्म नेपाल लाइफले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ८.६४ प्रतिशतले बढेको छ।
हिमालयन लाइफले ४३ करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४६ करोड ५७ लाख, नेसनल लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेटलाइफले ३४ करोड ५१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३३ करोड ७६ लाख रुपैयाँ र एसियन लाइफले ३३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी, प्रभु महालक्ष्मी लाइफले २७ करोड ७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन २३ करोड ६० लाख, सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij