२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि अर्थात (बैशाख ३०) गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ भने हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०।२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न भएको हो।
बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ। इच्छुक लगानीकर्ताले आगामी जेठ १९ गतेसम्म नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्।
साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij