Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रभु इन्स्योरेन्सले कमायो २० करोड २ लाख नाफा

प्रभु इन्स्योरेन्सले कमायो २० करोड २ लाख नाफा


  • 1.1K
    Shares

    प्रभु इन्स्योरेन्सले कमायो २० करोड २ लाख नाफा

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले २० करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा घटेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

    कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने  गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन २ ।५८ प्रतिशतले वृद्धि भएको छ ।

    कम्पनीले १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले पुनर्बीमा मार्फत ६९ करोड २ लाख रुपैयाँ खर्चिएको छ । यस अवधिसम्ममा अभिकर्ता कमिशन मार्फत २ करोड ८२ लाख रुपैयाँ खर्चिएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - ११:४६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij