Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

नाबालिग बलात्कार आरोपमा ५ महिना अस्पताल बसेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश

नाबालिग बलात्कार आरोपमा ५ महिना अस्पताल बसेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश


  • 1.1K
    Shares

    • images
    नाबालिग बलात्कार आरोपमा ५ महिना अस्पताल बसेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश

    काठमाडौं ।  नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी अस्पताल बस्दै आएका थिए ।

    उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले विहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अस्वस्थताको कारण देखाउँदै उनी बीएण्डसी अस्पताल भर्ना भएका थिए ।

    आफूलाई थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध शिवाकोटी उच्च अदालत पुगेका थिए । चार पटकसम्म पेशी स्थगित हुँदै विहीबार भएको सुनुवाइमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

    शिवाकोटीको घरमा कामदारका रूपमा राखिएकी १५ वर्षीया नाबालिकले ‘आफन्त नेपाल’ नामक संस्थाका प्रतिनिधिसँग आफूमाथि बलात्कार गरिएको पीडा पोखेकी थिइन् । उनलाई विद्यालय पोसाकमै भारततर्फ जाँदै गर्दा उक्त संस्थाले उद्धार गरेको थियो । त्यसपछि उनकी हजुरआमाले किटानी जाहेरी दिएकी थिइन् ।

    अदालतको आदेशमा ‘प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षैदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत ३ वर्षदेखि प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्दै आएको भन्ने निजको हजुरआमाको किटानी जाहेरी रहेको तर सो भन्दा अगावै यी पीडितको हजुरआमासँग निजको पटक पटक फोनमा सम्पर्क भएको र भेट्न समेत आउने गरेको भनी पीडितको मौकाको कागज रहेकोमा सो तथ्य आफ्नो हजुरआमालाई भनेको भनी निजको कागजबाट खुल्न आएको पाइँदैन’, उल्लेख छ ।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - ११:१४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij