२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि नीति तथा कार्यक्रमप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले सरकारले कृषि उत्पादनमा विशिष्ट सोच, नयाँ दृष्टिकोण र दीर्घकालीन भिजन नअपनाउँदा उत्पादन वृद्धि सम्भव नहुने बताएका छन् ।
नेपालको कृषि क्षेत्र समुदायमा आधारित ग्रामीण कृषि अर्थतन्त्रतर्फ अग्रसर हुनु आजको आवश्यकता रहेको बताउँदै त्यसका लागि कृषिमा आधारित उद्यमशीलता प्रवर्द्धन, यान्त्रिकीकरण, उत्पादन प्रणालीको सामूहिक विकास, र राज्यबाट साधन र बजारको सुनिश्चितता अनिवार्य छ भन्ने धारणा व्यक्त गरेका छन् ।
गत वर्ष नीति तथा कार्यक्रममा समावेश गरिएका ‘कृषिमा लगानी दशक अभियान’, ‘उत्पादन र रोजगारका लागि साझेदारी कार्यक्रम’, ‘किसान परिचयपत्रसँग कृषि सेवा सहुलियत जोड्ने योजना’, ‘हिमाल समृद्धि उद्यमशीलता कार्यक्रम’, ‘गाई भैँसी स्रोत केन्द्र’, ‘वडास्तरमा नमुना फार्म स्थापनाको कार्यक्रम’, तथा ‘एकीकृत कर्णाली सिन्चाइ कार्यक्रम’ लाई निरन्तरता नदिइएकोमा उनले गम्भीर आपत्ति जनाएका छन् ।
सरकारको नीति भूमाफिया र बिचौलियामुखी भएको आरोप लगाउँदै, आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्न उदारवादी नीतिले पुग्दैन भन्ने चेतावनी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij