Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले गर्‍यो अत्याधुनकि मिसाइलको सफल परीक्षण

भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले गर्‍यो अत्याधुनकि मिसाइलको सफल परीक्षण


  • 1.6K
    Shares

    भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले गर्‍यो अत्याधुनकि मिसाइलको सफल परीक्षण
    images

    काठमाडौं । भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ।

    भारतको जम्मू-कस्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ। पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।

    यस्तोमा पाकिस्तानी सेनाले जमिनदेखि जमिनसम्म प्रहार गर्न मिल्ने ब्यालिस्टिक मिसाइलको शनिबार परीक्षण गरेको हो। सो मिसाइलले करिब २८० माइलको दूरीसम्म प्रहार गर्न सक्ने पाकिस्तानले जनाएको छ।

    पाकिस्तानले मिसाइल परीक्षण गर्दा भारतसँगको सीमा क्षेत्रतर्फ  नगरेर सामान्यतया अरब सागर वा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको मरूभूमितर्फ प्रक्षेपण गर्छ।

    अब्दाली हतियार प्रणाली अन्तर्गतको सो मिसाइलको परीक्षण सेना परिचालनको तयारी र मिसाइलको उन्नत ‘नेभिगेसन’ (जहाज चलाउने) प्रणाली सुनिश्चित गर्नका लागि गरिएको पाकिस्तानी सेनाले जनाएको छ।

    पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शहबाज शरीफले सफल परीक्षणका लागि त्यसमा संलग्न सबैलाई बधाई दिएका छन्।

    पहलगाममा भएको आतंकवादी हमलाको दोष दिँदै भारतले पाकिस्तानमाथि प्रहार गर्ने धम्की दिइरहेको बेला भारतलाई त्यस्तो नगर्ने सन्देश दिन यो परीक्षण गरिएको मानिन्छ।

    भारतको नौसेनाले पनि अप्रिल २७ मा आफ्ना जहाजहरूले लामो दूरीको सटीक प्रहार गरेर सफलतापूर्वक जहाज डुबाउने फायरिङको अभ्यास गरेको थियो।

    भारतसँग तनाव बढिरहँदा गत हप्ता पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले युद्ध हुने खतरा भएको चेतावनी दिएका थिए।

    चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले दुई देशबीच युद्ध रोक्न प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरिसकेको छ।

    दुई देशबीच तनाव बढिरहेको बेला सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान समेत भएको थियो। कस्मिरको विवादित सीमा क्षेत्रमा भारतको एक जासुसी ड्रोन खसालेको पनि पाकिस्तानले दाबी गरेको थियो।

    सो मानव रहित ड्रोनले कस्मिरको कथित नियन्त्रण रेखा उल्लंघन गरेपछि खसालिएको भनेर पाकिस्तानको सरकारी टेलिभिजन च्यानलले रक्षा अधिकारीहरूको हवाला दिँदै जनाएको थियो।  एजेन्सीकाे सहयोगमा

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १५:४२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij