Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति?


  • 2.4K
    Shares

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति?
    images

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

    निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो। 

    हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ। 

    इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियमको नयाँ खरिद मूल्य घटेर आएको थियो। जसअनुसार प्रतिलिटर पेट्रोलमा २.१६, डिजेलमा १.३०, हवाइ इन्धनमा ४.३३ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँ घटेर आएको निगमले उल्लेख गरेको छ।

    सोसँगै नेपालमा पनि पेट्रोलियम सस्तिएको हो। 

    494833004_1225974849146681_2387719917569234175_n_VehTVEFZDd.jpg

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - ०६:२५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij