Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मंगलबार राति होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, २२ जनाको उद्धार

मंगलबार राति होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, २२ जनाको उद्धार


  • 1.9K
    Shares

    मंगलबार राति होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, २२ जनाको उद्धार
    images

    एजेन्सी । कोलकाताको फालपट्टी माछा मार्ने क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ। आगो नियन्त्रणमा लिइसकिएको छ।

    घटनास्थलबाट २२ जनाको उद्धार गरिएको थियो। अझै पनि केही मानिसहरू भित्र फसेको हुन सक्ने सम्भावना छ। उद्धार कार्य जारी छ।

    प्रहरी आयुक्त मनोज वर्माले राति करिब ८:१५ बजे ऋतुराज होटलमा आगलागी भएको बताए। जानकारी पाउने बित्तिकै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको छ।

    अहिलेसम्म १४ वटा शव निकालिएको छ। दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ। आथलागी भने नियन्त्रणमा लिइसकिएको छ। प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ।

    घटनास्थलमा उपस्थित एक व्यक्तिले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको देखिएको बताए।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - ०७:४८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij