Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

क्यानडाको आमचुनावमा ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित

क्यानडाको आमचुनावमा ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित


  • 1.2K
    Shares

    क्यानडाको आमचुनावमा ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित
    images

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीको लिबरल पार्टीले त्यहाँको आमनिर्वाचनमा अभूतपूर्व विजय हासिल गरेको छ ।

    लिबरल पार्टीको जितलाई आश्चर्यजनक नतिजा मानिएको छ । किनभने, तीन महिनाअघिको मत सर्वेक्षणमा यो पार्टी कन्जरभेटिभभन्दा पछि परेको थियो । कर्नी र उनको पार्टीको जितका पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको बताइएको छ ।

    ट्रम्पले गएको जनवरीमा राष्ट्रपति पद सम्हालेपछि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्की दिएका थिए । यस्तै, आयात कर र ट्रम्पले क्यानडालाई लगातार डराउने कार्य गरेकाले ‘सेन्ट्रल लेफ्ट’ पार्टीको भाग्यमा नाटकीय परिवर्तन आएको बीबीसीले जनाएको छ ।

    केही समयअघिसम्म क्यानडेली अर्थतन्त्रको अवस्था र तत्कालीन नेता जस्टिन ट्रुडोको १० वर्षे लिबरल सरकारप्रति असन्तुष्टिका कारण सर्वेक्षणक्रममा पियर पोइलिभ्रेको कन्जरभेटिभ पार्टीले ठूलो अग्रता बनाएको थियो ।

    कर्नीको पार्टीले संसद्मा बहुमत हासिल गर्न आवश्यक पर्ने सांसद संख्या जित्ने/नजित्ने भने अन्तिम नतिजा सार्वजनिक नभएसम्म निश्चित नभएको बीबीसीले जनाएको छ ।

    प्रधानमन्त्री कर्नीले आफ्नो जितपछि समर्थकलाई सम्बोधन गर्दै भने, “अमेरिकाअन्तर्गत राख्न अमेरिकी राष्ट्रपति ट्रम्प हामीलाई फुटाउन खोज्दै छन्, तर हामी यो कहिल्यै हुन दिने छैनौँ ।”

    पराजित कन्जरभेटिभ पार्टीका नेता पोइलिभ्रेले यो निर्वाचनबाट ‘कडा’ सिकाइ प्राप्त भएकोे बताए ।

    केही समयअघि क्यानडामा ट्रुडोलाई राजीनामा दिन लगाएर एक गैरराजनीतिक र बैंक अफ इंल्यान्डका पूर्वप्रमुख कर्नीलाई पार्टीको नेता चयन गरिएको थियो । उनको पार्टीले ट्रम्पले क्यानडाको अर्थतन्त्र मात्र नभई सम्प्रभुतालाई पनि धम्की दिएको भन्दै लगातार कडा अभियान चलाएको थियो ।

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १२:३५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij