Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाली कांग्रेसकी सांसद राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेपाली कांग्रेसकी सांसद राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


  • 1.4K
    Shares

    • images
    नेपाली कांग्रेसकी सांसद राईलाई  ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  काठमाडौं जिल्ला अदालतको न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले राईलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

     नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिवार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् ।

    स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली राईलाई शनिबार राति पक्राउ गरेको हो ।  उनीविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी अपिल बोहराले बताएका छन् ।

    राईविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा म्याद लिएर बयान लिइने र थप प्रमाण सङ्कलन गरेर पूरक अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने बोहराले बताएका छन् ।

     

    प्रकाशित मिति :बैशाख १४ २०८२ आइतवार - १३:२२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij