Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सरकार र आन्दोलित शिक्षकलाई सर्वोच्चले भनेको के हो ? (पूर्णपाठसहित)

सरकार र आन्दोलित शिक्षकलाई सर्वोच्चले भनेको के हो ? (पूर्णपाठसहित)


  • 2.6K
    Shares

    • images
    सरकार र आन्दोलित शिक्षकलाई सर्वोच्चले भनेको के हो ? (पूर्णपाठसहित)

    काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण निमार्ण गर्न सरकारलाई आदेश दिएको छ । अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो ।

    साथै माध्यमिक शिक्षा (एसइई)को बोर्डको परीक्षाफल र कक्षा १२ को परीक्षा पनि समयमै सम्पन्न गर्न अदालतले आदेश दिएको छ ।

    सर्वोच्चले आदेशमा भनेको छ, ‘तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सृजना हुन नदिनू। शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखि‍ँदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने।’

    सर्वोच्चले ३ दिनभित्र निर्देश कार्यान्वयन गरेर त्यसको प्रगति आदेश प्राप्त भएको मितिले चौथो दिनमा प्रतिवेदन पेस गर्न शिक्षा मन्त्रालयलाई आदेश गरेको छ।

    ‘उल्लिखित आदेश कार्यान्वयनको प्रगतिका सम्बन्धमा यो आदेश प्राप्त भएको मितिले चौथो दिन प्रत्यर्थी शिक्षा मन्त्रालयले यस अदालतमा प्रतिवेदन पेस गर्नू र मुद्दा महाशाखा प्रमुखले उक्त प्रतिवेदनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २४ (२) (ख) बमोजिम इजलास समक्ष पेस गर्नू,’ आदेशमा भनिएको छ।

    यस्तो छ सर्वोच्चको आदेश

    a1.jpga2.jpga3.jpga4.jpg

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - ०५:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij