२०८२ भाद्र १ गते आइतवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ गर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भाग्य बलियो रहेको छ । धार्मिक कार्यमा मन जानेछ । अध्यात्ममा रुचि बढ्नेछ मानसिक शान्ति होला । तिर्थयात्राको योग पनि रहेको छ । गुरुजनहरुबाट अधिक लाभ लिन सकिनेछ । कार्यको आरम्भ गर्दा आमाबुबाको चरणमा दण्डवत गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आर्थिक सङ्कट्ले सताउन सक्दछ । चोटपटकको भय छ सावधान रहनुहोला । गुप्तज्ञानमा रुचि रहला । मन भ्रमित हुनेछ । भगवान भोलेनाथको स्मरण गरेर कार्यारम्भ गर्दा कष्टहरु हटेर जानेछन ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पति पत्नीबाट सुख मिल्नेछ । पार्टनरसिपबाट फाइदा पुग्नेछ । मुहारमा कान्ति छाउनेछ । दैनिक आम्दानी बढेर जानेछ । आज न्याय पाउने दिन रहेको छ । भगवान गणपति महाराजको दर्शन गरि कार्यको आरम्भ गर्नुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शत्रुहरु बढ्नेछन । पट गडबड भएर तनाबको शिर्जना हुन सक्दछ खानपानमा ध्यान दिनुहोला । मनमा चिन्ता बढ्न सक्छ । मानसम्मानमा गिरावट आउला । भैझगडा या विभिन्न झमेलामा फस्न सकिनेछ । सचेत रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भित्री ज्ञानमा निखारता आउनेछ । अचानक धन प्राप्त हुनेछ । बिवेकपुर्ण कार्यले गर्दा अधिक फल पाइनेछ । मानसम्मानमा बढोत्तरी हुनेछ भने सन्तान सुख पनि हुने देखिन्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सुखमा कमि आउनेछ । द्रुतगतिमा अगाडि बढिरहेका काम रोकिनेछन । सावारीसाधनले धोका दिन सक्नेछ कानुनी झमेलामा फसिनेछ । जग्गाजमिनको कारोबार नगर्नुहोला घाटा हुन सक्दछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक सफलता प्रात हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij