Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

११ लाखमा रुपैयाँमा कुमारी केटीसँग विवाहको सम्झौता, ३ बच्चाकी आमासँग विवाह गराइदिएपछि...

११ लाखमा रुपैयाँमा कुमारी केटीसँग विवाहको सम्झौता, ३ बच्चाकी आमासँग विवाह गराइदिएपछि...


  • 2.2K
    Shares

    ११ लाखमा रुपैयाँमा कुमारी केटीसँग विवाहको सम्झौता, ३ बच्चाकी आमासँग विवाह गराइदिएपछि...
    images

    मध्यप्रदेश । भारतको मध्य प्रदेशको राजगढ जिल्लामा बिहेसम्बन्धी एउटा धोखाधडीको अनौठो खबर बाहिरिएको छ । 

    एक युवकलाई ११ लाख रुपैयाँमा कुमारी केटीसँग विवाह गर्न लोभ्याइएको थियो, तर विवाहपछि थाहा भयो कि दुलही पहिले नै तीन बच्चाकी आमा थिइन् । 

    बेहुलालाई निद्राको औषधि खुवाएर बेहुलीको गहना र नगद लुट्ने योजना बनाएपछि ठगीको खुलासा भएको थियो । यस घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।  लिमाचौहान प्रहरी चौकी क्षेत्रका २२ वर्षीय कमल सिंह सोन्धियाको विवाह सुस्नेरकी युवती राधासँग भएको थियो । यो विवाहको सम्झौता ११ लाख रुपैयाँमा तय भएको थियो ।

    यसमध्ये ५ लाख ७५ हजार रुपैयाँ केटीका बुबालाई दिइएको थियो । बाँकी ५ लाख २५ हजार रुपैयाँ कालु सिंह नामक दलालले खाइदिएका थिए । 

    अप्रिल १४ मा खिल्चीपुरको लिम्बोडा गाउँमा आयोजित सामूहिक विवाह समारोहमा राधाको सट्टा पहिले नै विवाहित महिला सलोनी दुलही बनेकी थिइन् र बेहुला कमलसँग लगनगाँठो कसेकी थिइन् । 

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १५:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij