Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्दै

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्दै


  • 1.2K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्दै
    images

     काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । 

    कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैंकले अनुमती पाएको छ । ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्ने छन् । अङ्कित मूल्य १ हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्ने छ । उक्क्त ऋणपत्र आगामी वैशाख १० गते नभए वैशाख २१ गतेसम्म रहने छ ।

    दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनको लागि छुट्याइने  बैंकले जानकारी दिएको छ । 

    ४० प्रतिशतले हुने एक अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन हुने छ भने ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको र कूल ९ लाख ५० हजार कित्तामा सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था भएको बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - १३:३८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij