Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वैदेशिक व्यापार : ९ महिनामा ६५ प्रतिशतले बढ्यो निर्यात, करिब १५ खर्बको व्यापारमा सवा ११ खर्ब घाटा

वैदेशिक व्यापार : ९ महिनामा ६५ प्रतिशतले बढ्यो निर्यात, करिब १५ खर्बको व्यापारमा सवा ११ खर्ब घाटा


  • 1.1K
    Shares

    • images
    वैदेशिक व्यापार : ९ महिनामा  ६५ प्रतिशतले बढ्यो निर्यात,  करिब १५ खर्बको व्यापारमा सवा ११ खर्ब घाटा
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म (९ महिना) मा आयात निर्यात दुवै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तर आयात निर्यात बढे पनि गत वर्षको  तुलनामा देशको व्यापार घाटा बढेको छ  । 

    विभागकाअनुसार २०८१/८२ को चैत मसान्तसम्म १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु व्यापार भएको छ । अघिल्लो वर्ष २०८०/८१ को सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । 

    यसअनुसार गत वर्षको तुलनामा चालु वर्षमा १६.८९ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, भने १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँको आयात भएको थियो, भने १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको थियो ।

    गत वर्षको तुलनामा चालु वर्षमा आयात १२.१८ प्रतिशतले वृद्धि भएको देखिन्छ भने निर्यात ६५ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

    आयात निर्यात बढ्दा देशको कुल व्यापार घाटा पनि बढेको छ । चालु वर्षको ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबर व्यापार घाटा  देखिएको छ  । अघिल्लो वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ११:२४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij