Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

कामना सेवा विकास बैंकको नाफा झन्डै ४९ प्रतिशत वृद्धि, यस्तो छ वित्तीय अबस्था

कामना सेवा विकास बैंकको नाफा झन्डै ४९ प्रतिशत वृद्धि, यस्तो छ वित्तीय अबस्था


  • 1.1K
    Shares

    कामना सेवा विकास बैंकको नाफा झन्डै ४९ प्रतिशत वृद्धि, यस्तो छ वित्तीय अबस्था

    काठमाडौं । कामना सेवा विकास बैंकको नाफा झन्डै ४९ प्रतिशत वृद्धि भएको छ । ९ महिनामै बैंकले ४९ करोड बढी नाफा आर्जन गरेको छ ।

    बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

    समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने ४८.८३ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकले खुद नाफा ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

    समिक्षा अवधिमा बैंकले कुल १ अर्ब ६६ करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको तुलनामा भने यो १४.१४ प्रतिशत बढी हो ।

    बैंकको संचालन नाफामा भने ३२.४४ प्रतिशत बढोत्तरी आएको छ । योसँगै ९ महिनामा बैंकले ७१ करोड ६१ लाख रुपैयाँ बढी संचालन नाफा गरेको छ ।

    यता, बैंकको वितरणयोग्य नाफा भने ४९ करोड ९८ लाख ५९ हजार रुपैयाँ धनात्मक छ । समिक्षा अवधिमा बैंकले आफ्ना सेयरधनीलाई १८.९८ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ ।

    वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ । गत आवको तेश्रो त्रयमासमा ५९ अर्ब ०६ करोड रहेको निक्षेप वृद्धी भएको छ । चालु आवको सोही अवधिमा बैंकको कुल निक्षेप ६१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । निक्षेपसँगै बैंकको कर्जा कारोबारमा पनि वृद्धी भएको छ । ग्राहकलाई प्रवाह गरेको कर्जा ४५ अर्ब ९८ करोडबाट वृद्धि भई ४९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

    बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ । सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रहेको थियो । गत वर्ष ३.५५% रहेको खराव कर्जामा वृद्धी भई ४.२७% पुगेको छ । यद्यपी बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४% रहेको छ ।

    हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा १ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ राखेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी १८.७३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.२२ रुपैयाँ कायम भएको छ ।

    बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीहरूको बीचमा हासिल गरेको हो । ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयहरूका बाबजुद, कामना सेवा विकास बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो ।

    बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृती लिई नेपाल धितोपत्र वोर्ड समक्ष स्वीकृतीको लागि पेश गरिसकेको छ । देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ०६:०७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij