Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

योगेश भट्टराई ‘शौचालयमा थुनिएको’ घटना के हो?

योगेश भट्टराई ‘शौचालयमा थुनिएको’ घटना के हो?


  • 3.5K
    Shares

    • images
    योगेश भट्टराई ‘शौचालयमा थुनिएको’ घटना के हो?

    नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षाका लागि प्रहरीले शौचालयमा थुनेको भनेर यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। कञ्चनजंघा हिरक महोत्सव उद्घाटनका लागि शुक्रबार गृहजिल्ला ताप्लेजुङ पुगेका उनीविरुद्ध ‘नो केबलकार’ समूहले नाराबाजी गरेका थिए। त्यसपछि उनी लगत्तै शौचालय पसेका थिए। 

    स्थानीयका अनुसार आन्दोलनकारीबाट असुरक्षा देखिएपछि प्रहरीले योगेश पसेको शौचालयको ढोकामा चुकुल लगाइदिएको हो। 

    यस विषयमा शनिबार दिउँसो नेपालखबरले जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, प्रहरी निरीक्षक विवेक बस्नेतले भने सामाजिक सञ्जालमा भाइरल भएजस्तो घटना नभएको दाबी गरे। 

    ‘त्यसो केही पनि होइन, माननीयज्यूलाई पिसाब लागेर आफैँ शौचालय जानुभयो’, प्रहरी निरीक्षक बस्नेतले भने, ‘पछि सुरक्षित रूपमा काठमाडौँ प्रस्थान गर्नुभयो।’

    प्रत्यक्षदर्शीले भने प्रहरीले नाराबाजीमा उत्रिएको भीडलाई तितरबितर पार्दै नेता भट्टराईलाई उनी चढ्ने हेलिप्टरसम्मै सुरक्षा दिनुपरेको बताएका छन्। 

    महोत्सव उद्घाटनका लागि प्रतिनिधि सभा सदस्य भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डेसँग शुक्रबार हेलिकोप्टर चढेर फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए।

    ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा एमाले सचिव भट्टराईले केबलकार बन्नुपर्नेमा जोड दिएका थिए।

    सोही कारण उनी केबलकार बनाउन नदिने पहिचानवादीको निशानामा परेका हुन्।

    प्रकाशित मिति :बैशाख ६ २०८२ शनिवार - १३:५७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij