Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु र १०२ जना घाइते

यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु र १०२ जना घाइते


  • 2.5K
    Shares

    यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु  र  १०२ जना घाइते
    images

    काठमाडौं ।  यमनको रस इसा तेल बन्दरगाहमा संयुक्त राज्य अमेरिकाले गरेको हवाई हमलामा  ३८ जनाको मृत्यु भ्एको छ ।

    अमेरिकी सेनाले यमनमा गरेको सबैभन्दा घातक हमलाको रूपमा लिइएको  छ । यमनको अल मसिराहले देशको होदेइदाह स्वास्थ्य कार्यालयलाई बिहीबारको आक्रमणमा १०२ जना घाइते भएको जानकारी दिएको छ। 

    युएस सेन्ट्रल कमाण्डले हवाइ हमला हुथीहरूको कोष र स्रोतहरू कटौती गर्ने उद्देश्यले हमला भएको  बताएका छन् छ । ‘हुथीको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्न हवाई हमला भएको बताए ।हुथी समुहको मृत्युको संख्या टिप्पणीको लागि अनुरोधका बारेमा भने तुरुन्तै प्रतिक्रिया नदिएको अलजजिराले जानकारी दिएको छ। 
     
    अमेरिकी हवाई हमलाहरूले विभिन्न क्षेत्रहरूमा आक्रमण गरेका छन भने सबैभन्दा बढी बन्दरगाह आसपास र सुविधा वरपर केन्द्रित रहेको छ । अमेरिकी आक्रमणले यमनमा सर्वसाधारण नागरिकको अनाहकमा मृत्यु भएको छ । 

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १५:१२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij