२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) ले विश्वविद्यालयसँग सहमति भएपछि गरेको आन्दोलन फिर्ता भएको छ ।सहमतिपछि क्रान्तिकारीले तालाबन्दी र रिले अनशनको कार्यक्रम स्थगित गरेको हो ।
सहमति अनुसार काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसको विद्यार्थी कल्याण परिषद्को प्रणालीमार्फत बढीमा २ महिना भित्र चुनाव हुने भएको छ ।सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गर्न विद्यार्थी प्रतिनिधिहरूको कार्यदल गठन गर्ने सहमति भएको छ । परीक्षा चलिरहेका स्कुलहरूबाट पनि विद्यार्थीहरूको उक्त कार्यक्रममा सहभागिताको लागि सहजीकरण गरिने भएको छ ।
फार्मेसी विभागका २ ब्याचलाई वञ्चित गरिएको छात्रवृत्ति प्रदान गर्ने सुनिश्चितता सहित कार्यकारी परिषद्मार्फत अनुमोदन गर्ने सहमति भएको हो।
उक्त सहमतिपछि क्रान्तिकारीले विगत ८ दिनदेखिको रिले अनशन स्थगित गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij