Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज बिहानै मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ

आज बिहानै मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ


  • 1.9K
    Shares

    आज बिहानै मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ

    पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।\

    इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

    घाइतेहरुलाई उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। 

    दुर्घटनामा परेको बसका चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - ०६:५०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij