२०८२ माघ ७ गते बुधवार
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले शहरी क्षेत्रमा घर निर्माणको नक्सा स्वीकृति गर्दा घरको बीमा गर्ने व्यवस्था सुुझाव दिएको छ । बीमा प्रिमियम तिरेको रकम कर योग्य सम्पतिको मूल्य निर्धारण गर्दा घटाउन पाउँने व्यवस्थाको लागी पनि गर्ने सुुझाव दिएको छ ।
बीमाको प्रिमियम शुल्क प्रतिष्पर्धात्मक रुपमा बजारमा निर्धारण हुने व्यवस्था गरी बीमाको दायरा बढाउने, बीमाको पहुँच बढाउन बीमा सम्बन्धि साक्षरता तथा ज्ञान बढाउन पर्ने सुुझाव दिएको छ ।
प्रतिवेदनमा जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ। ‘बीमा प्राधिकरणले बीमा कम्पनीहरुसँगको सहलगानीमा बीमा एकेडेमी स्थापना गर्नुपर्छ’, जस्ता कुरा प्रतिवेदनमा पेश गरीएको छ, ‘बीमा प्राधिकरणको स्वात्तता, दक्षता, क्षमता र सुशासन बढाउन सरकारले सहयोग पुर्याउनु पर्छ।’
कृषि तथा पशु बीमा अनुदान संघीय तहबाट नभइ स्थानीय तहबाट दिने व्यवस्था गर्नु उपयुक्त हुने आयोगले सुुझाव दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij