२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा लागू हुने गरी नयाँ बोनसदर सार्वजनिक गरेको छ।
अग्रिम भुक्तानी सावधिक योजनामा न्यूनतम २३ रुपैयाँदेखि २७ रुपैयाँसम्म, सावधिक जीवन बीमा योजनामा न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी (समुन्ती एनएल) बीमा योजनामा न्युनतम २३ रुपैयाँदेखि २७ रुपैयाँसम्म, महालक्ष्मी सावधिक जीवन बीमा योजनामा न्यूनतम ४५ र अधिकतम ५२ रुपैयाँसम्म, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा न्यूनतम ५० रुपैयाँ र अधिकतम ५१ रुपैयाँसम्म र महालक्ष्मी सरल जीवन बीमा योजनामा न्यूनतम ५२ रुपैयाँदेखि अधिकतम ५५रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।
साथै, महालक्ष्मी धनधान्य बीमा योजनामा ४५ रुपियाँ र महालक्ष्मी बाल बचत बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ३९ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij