२०८२ भाद्र २२ गते आइतवार
न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा बिहीबार हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिका, एक पाइलट र स्पेनका एकै परिवारका २ सदस्यहरू रहेका छन्।
न्यूयोर्क शहरको अग्नि नियन्त्रण विभागले हेलिकप्टर दिउँसो ३:१५ बजेतिर वेस्ट ह्युस्टन स्ट्रिट र वेस्ट स्ट्रिटको पियर ४० नजिकै दुर्घटनाग्रस्त भएको जनाएको छ। बेल २०६एल-४ लङरेन्जर ४ हेलिकोप्टर दुर्घटना भएको हो।
उक्त हेलिकप्टर पर्यटकहरूलाई शहरको हवाई दृश्य दिन परिचालन गरिएको थियो। हेलिकोप्टर मानिस बोकेर तल्लो म्यानहट्टनबाट उडेको थियो। यो स्ट्याचु अफ लिबर्टीको वरिपरि घुम्यो र त्यसपछि हडसन नदीको उत्तरतिर जर्ज वाशिंगटन पुलतिर लागेको थियो। त्यसपछि दक्षिणतिर मोडिएर न्यु जर्सी नजिकै नदीमा खसेको थियो। दुर्घटनामा परी हेलिकोप्टरमा सवार सबै जनाको मृत्यु भएको जनाइएको छ।
दुर्घटनापछि लोअर म्यानहट्टन र जर्सी सिटी बीचको नदीको दुवै किनारमा आपतकालीन अपरेशन गरिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij