Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

इन्फिनिटी लघुवित्तले भुक्तानी सम्बन्धी कारोबारहरु सोझै सदस्यको बैंक खातामा पठाउने

इन्फिनिटी लघुवित्तले भुक्तानी सम्बन्धी कारोबारहरु सोझै सदस्यको बैंक खातामा पठाउने


  • 988
    Shares

    इन्फिनिटी लघुवित्तले भुक्तानी सम्बन्धी कारोबारहरु सोझै सदस्यको बैंक खातामा पठाउने
    images

    काठमाडौं । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस जोडी डिजिटल कारोबार सुरु गरेको छ । 

    लघुवित्तले अब एनसिएचएल-आइपिएस र आरपिएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतको विभिन्न सङ्कलनको करोबारहरू गर्न सक्ने छन् । 

    तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतको विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सीधै गर्न सक्ने भएको छ भने एनपि आईमार्फत आफ्नो शाखाहरूको बैंक खातामा भएको रकम सजिलै सेन्ट्रलाइज समेत गर्न सकिने छ। 

    एनसीएचएलको विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको (एनपिआइ) मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध रहेको छ । अन्य पिएसपी- पिएसओ, रेमिटेन्स कम्पनीहरु, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढि गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट-प्राविधिक सदस्यको रुपमा आबद्ध छ । 

     

     

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १०:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij