Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी प्रदर्शन

तीनकुने घटना : आगजनी भएको घरभित्रबाट बाहिर निस्केको एनी कुँवर पक्राउ

तीनकुने घटना : आगजनी भएको घरभित्रबाट बाहिर निस्केको एनी कुँवर पक्राउ


  • 1.5K
    Shares

    • images
    तीनकुने घटना : आगजनी भएको घरभित्रबाट बाहिर निस्केको  एनी कुँवर पक्राउ

    काठमाडौं । तीनकुनेको एउटा घरमा भएको आगजनीलाई लिएर पत्रकार एवं धार्मिक अभियन्ता एनी कुँवर पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले आज पक्राउ गरेका हुन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्‍याङबाट एनी ओर्लिरहेको देखिएको थियो । सोही घरमा पत्रकार सुरेश रजक जलेका थिए । कतिपयले घटनामा एनीको संलग्नता हुन सक्ने आशंका गरिरहेका छन् । 

    घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले खबरसेन्टरलाई बताए ।

    अर्काको घरमा अनधिकृत प्रवेश गरेको पुष्टि भएकाले कुँवरलाई निर्दोष मान्न नसकिने एसपी अंगुर जिसीले बताए ।

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १४:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij